२०८२ चैत्र २६ गते बिहिवार

आज चैत २६ अर्थात जनआन्दोलन मार्फत प्रजातन्त्र पुनर्बहाली  भएको दिन

दाङ, चैत २६ ।

आज चैत २६ अर्थात नेपालमा  प्रजातन्त्र पुनर्बहाली  भएको दिन । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको थियो ।

प्रजातन्त्र पुनर्बहाली  भएको संझनामा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला नेतृत्वको बहुमतको सरकार कू गरि तत्कालिन राजा महेन्द्र शाहले विसं २०१७ पुस १ गते निर्दलिय पञ्चायती ब्यबस्था लागु गरेका थिए ।

त्यो ब्यबस्था अन्तय गर्न नेपाली काँग्रेस र नेपालका कम्युनिष्टहरु मिलेर लामो संघर्ष गर्नु परेको थियो। जेल नेल भोग्नु परेको थियो ।

सोही संघर्षका कारण काँग्रेस नेता तथा लौह पुरुष गणेश मानसिंह श्रेष्ठको नेतृत्वमा भएको जनआन्दोलनको परिणाम २०४६ चैत २६ गते एक दललिय पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुर्नंस्थापना भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलन ५० दिनसम्म चलेको थियो । जस्को बलमा ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो।

त्यसअघि काँग्रेस लगाएत दलहरका प्रयासमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।

प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते जनआन्दोलन पछि देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *