दाङ, चैत २५ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नि पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको स्रोतले बताएको छ ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै उनीहरु माथि निर्घात कुटपिट तथा आक्रमण भएको थियो ।
घाइते देउवा दम्पतीको त्यो बेलापनि बिदेशमा उपचार भएको थियो । देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा यतिखेरपनि बिदेशमा छन् ।
देउवा निवासमा आगजनी पछि जलेको अवस्थामा केही पैसा पनि भेटिएको भन्दै सामाजिक संजालमाभिडिओहरू सार्वजनिक भएका थिए ।
सोही बिषयलाई लिएर देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको स्रोतले बताएको छ ।