२०८२ चैत्र ३० गते सोमवार

सुदुरपश्चिम सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रीमा भट्ट नियुक्त


दाङ, चैत्र २३ ।

सुदूरपश्चिम सरकारमा एक जना मन्त्री थपिएका छन् ।
नेपाली कांग्रेसका शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएका छन् ।

सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । भट्ट बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

नव नियुक्त मन्त्री भट्टको सोमबार नै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने तयारी छ ।
काँग्रेस संसदीय दलको बैठकले आर्थिक वर्ष २०८३ / ०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *