२०८२ चैत्र ३० गते सोमवार

आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश हुन्छन् – मुख्यमन्त्री आचार्य

दाङ, चैत २३ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गरिने बताएका छन् ।
सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री अचार्यले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटी भयो । अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’उनले भने ।
उनले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको उनले बताए ।
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे धारणा राखेका थिए ।

छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *