दाङ चैत १५ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।
नेकपा पार्टी संयोजकसमेत रहेका प्रचण्ड यसअघि पटक/ पटक प्रधानमन्त्री भइ सकेका ब्यक्ति हुन ।
फागुन २१ को निर्वाचनमा उनी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिनिधि सभामा नेकपाका १७ जना सांसद छन् ।
दल नेता प्रचण्डले अब दलको उपनेता र प्रमुख सचेतक चयन गर्ने छन् ।
प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार