२०८२ चैत्र ३० गते सोमवार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : संसदीय दलको नेताबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार दिउँसो ४ बजेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। सोही दिन दिउँसो सांसदहरूको शपथ तय गरिएको छ।

शपथ सकिएलगत्तै केन्द्रीय समितिको बैठक बसेर बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयनका लागि संसदीय दललाई अधिकार दिने गरी निर्णय गर्न लागिएको पार्टीका एक नेताले बताए।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *