२०८२ चैत्र ३० गते सोमवार

भत्काइएको ‘बिष्णु चलचित्र मन्दिर’ को ठाउँमा आधुनिक सिनेमा हल निर्माण गर्दै नायक अर्जुन श्रेष्ठको परिवार

तुलसीपुर, चैत १० । तुलसीपुरको एकै वडामा एकै साथ तीन वटा नयाँ सिनेमा हल निर्माण हुने भएका छन् । जस्का लागि ६० करोड बढी लगानी हने देखिएको छ ।


हाल तुलसीपुर उपमहानगरपालिका – ६ को बरुवा गाउँ र रजौरामा दुई वटा सिनेमा हलको लागि भौतिक संरचना निर्माणको काम धमाधम भइ रहेका छन् ।
त्यस्तै अर्कौ सिनेमा हल निकट भविश्यमा तुलसीपुर – ६ को डुर्मी गाउँ नजिकै निर्माण हुँदै छ ।


सिने जगतका दंगाली चर्चित नायक अर्जुन श्रेष्ठ र तुलसीपुरका प्रतिष्ठित ब्यबसायी उत्तमकुमार श्रेष्ठका दाजु भाइले मिलने आधुनिक सिनेमा हल निर्माण गर्न थालेका हुन ।
उनीहरुले यही बर्ष भत्काइएको ‘बिष्णु चलचित्र हल’ रहकै ठाउँमा आधुनिक सिनेमा हल निर्माण गर्न गरि प्रक्रिया सुरु गरिएको जानकारी दिए । नयाँ सिनेमा हल निर्माणका लागि सम्बन्धित पक्षले डिजाइन निर्माण पुरा गर्नुका साथै नक्शा पास लगाएत प्राबिधिक प्रक्रिया जारी रहेको उनीहरुले बताए ।
उत्तमका अनुसार झन्डै २४ करोड लागतमा सपिङ मल, होटेलसहितको आधुनिक चलचित्र हल निर्माण गर्ने योजना अनुसार काम भइ रहेको छ । तल्लो तलामा सपिङ मल, त्यसपछिको दोस्रो तल्लामा होटल र माथिल्लो तलामा चलचित्र हल निर्माण गर्ने गरि डिजाइन गरिएको उत्तमले जानकारी दिए ।

सोही उदेश्यका साथ नायक अर्जुन र उनका दाजु उत्तम तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगी संग परामर्ष र आवश्यक प्रक्रिया बारे सल्लाह गर्न पुगेका थिए । उत्तमका अनुसार नयाँ बर्ष २०८३ देखि सिनेमा हल निर्माणको काम भौतिक रुपमै सुरु हुने छ ।

त्यसक्रममा नायक अर्जुनले घोराहीस्थित ‘स्वर्गद्धारी चलचित्र मन्दिर’ को पनि समय अनुकुल थप आधुनिक सैलीमा बिकास गर्ने काम सुरु हुने जानकारी दिए ।


हाल तुलसीपुर – ६ मै दुई वटा आधुनिक सिनेमा हल निर्माणाधिन अवस्थामा रहेको हुँदा श्रेष्ठ परिवारले समेत नयाँ सिनेमा हल निर्माणको घोषणा गरे संगै अब तुलसीपुरको एउटै वडामा तीन वडा सिनेमा हलहरु निर्माण हुने करिब निश्चित भएको छ ।

तुलसीपुर–६ को रजौरास्थित होटेल ‘कराई इभेन्ट’संगै सटेको जग्गामा १८ करोडको लागत अनुमानमा आधुनिक सिनेमा हल निर्माणको काम जारी छ ।


यो सिनेमा हल घोराही उपमहानगरपालिका – ८ सौंडीकुलामा सिनेमा हल संचालन गर्दै चेतन रानासहितको समुहले ‘भिएफएक्स सिनेमाज’ निर्माण गरि रहेको छ । जस्मा तुलसीपुर क्षेत्रका रन्दिप न्यौैंपाने लगाएत ६ जना जतिको लगानी छ ।


तुलसीपुर – ६ को बरुवा गाउँमा झन्डै २२ करोड लागतमा भिएफएक्स सिनेमा हल निर्माण कार्य मंसिरदेखि जारी राखेको छ ।

अमेरिकामा बस्दै आएका चलचित्र कर्मी अनिल बुढाथोकी र वसन्त लम्सालले संयुक्त रुपमा त्यहाँ सिनेमा हल निर्माण गरि रहेका हुन । उनीहरुले ठूलो पर्दाको चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । जस्को सम्पूर्ण छायाँकनको काम दाङमै भएको थियो ।

बिगतमा तुलसीपुरमा सबै भन्दा पहिले २०५० सालतिरै बाट सिनेमा हल निर्माण भइ संचालनमा आएका थिए । सुरुमा नेपाली काँग्रेस नेता धुर्वराज पुरीले ‘ऊं शान्ति सिनेमा हल’ निर्माण गरि संचालनमा ल्याएका थिए । त्यसपछि तुलसीपुर – ६ को डुर्मी गाउँमा बिष्णु चलचित्र हल निर्माण भइ संचालनमा आएको थियो ।


यी दुबै सिनेमा हलहरु साधा पर्दाका थिए । ती डिजिटल प्रबृधिको बिकास संग समयको छालका कारण किनारमा पुगे । ती हलहरु बन्द भएको एक दशक बढी भइ सकेको छ ।


ऊं सिनेमा हलको भौतिक संरचना अझैं ठठिएको छ । बिष्णु चलचित्र हलले भने पुरानो संरचना पुरै धप्काएर अब नयाँ संरचना निर्माणको तयारीमा जुटि सकेको छ ।

जस्ले गर्दा तुलसीपुरको एउटै वडामा तीन वटा सिनेमा हल निर्माण हुन लगभग निश्चित भएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *