२०८२ माघ १९ गते सोमवार

रुपन्देही जिल्ला अदालतले रबि बिरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा तत्काल फिर्ता नगर्ने


दाङ, माघ १५ । जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सभापति लामिछाने लगाएतका ब्यक्ति प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन ।


महान्यायाधिवक्ता भण्डारीले सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन ।


रूपन्देही जिल्ला अदालतले सर्वौच्च अदालतमा सोही विषयमा परेको रिटको टुंगो लागेपछि मात्रै निवेदन पेस गर्न आदेश गरेको छ ।

जिल्ला अदालत रूपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय कार्यान्वयनको लागि परेको निवेदन तत्काल फिर्ता नगरी सर्वौच्च अदालतमा परेको रिटको टुंगो लागेपछि मात्र पेस गर्न आदेश भएको जानकारी दिए ।

माघ ६ गते जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सो बिषयमा सर्वौच्चमा परेको रिट विचाराधिन रहेको हुँदा त्यसको अन्तिम टुंगो लागेपछि मात्र पेस गर्न आदेश दिएका थिए ।


महान्यायाधिवक्ता भण्डारीले गरेको त्यो निर्णयको विरूद्धमा युवराज पौडेल (सफल) ले माघ २ गते सर्बौच्च अदालतमा रिट दायर गरेका थिए ।

राश्वपा सभापति लामिछानेविरूद्ध रूपन्देहीका साथै कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा छन् ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *