२०८२ माघ ८ गते बिहिवार

रेशम चौधरीसहित अरु क–कस्को उम्मेदवारी भयो खारेज


दाङ, माघ ८ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेग गरेको हो ।


टीकापुर घटनामा रेशम बिरुद्ध सर्वौच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय सुनाएको भएपनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी रिहा भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने ब्यबस्था छ । निर्वाचन आयोगले त्यसैलाई टेकेर चौधरीको उम्मेदवारी खारेज गरि दिएको हो ।

यसअघि २०७९ को चुनावमा चौधरी बर्दीया – २ बाट उम्मेदवार हुँदापनि आयोगले उनको उम्मेदवारी खारेज गरि दिएको थियो । जतिखेर उनी जेलमै थिए। त्यसपछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रवाट स्वतन्त्र उम्मेदवार उठेर जितेका थिए ।


त्यस्तै काठमाडौं महानगरपालिका –१० बाट उम्मेदवारी दिएकी सुमित्रा बस्नेतको उम्मेदवारीपनि निर्वाचन आयोगले खारेज गरिदिएको छ । बस्नेतले मितेरी पार्टी बाट उम्मेदवार दिएकी थिइन ।

निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिदिएको हो ।

त्यस्तै पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भीमबहादुर थापा (भरत) को उम्मेदवारी कायम भएको छ ।


आयोगले सुरुमा उम्मेदवारी दर्ता गरेको तथ्यको आधारमा थापाको उम्मेदवारी कायम गरेको हो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सोही निर्वाचन क्षेत्रमा देवेन्द्र राज कँडेल (मुन्नाबाबु)लाई पनि टिकट दिएका थिए ।
थापाले दुई जनालाई टिकट दिएको हुँदा बिबाद उत्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *