तुलसीपुर, माघ ८ । दाङको क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
गोपाल वली(प्रबिन) आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
उम्मेदवारी फिर्ता लिने प्रबिन तत्कालिन माओवादीका पूर्व लडाकु हुन ।
नेपाली कम्युनिस्ट पाटीका उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिन उनी सहमत भएको उक्त पार्टीका नेताले जानकारी दिए ।
उक्त पार्टीका जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प वली लगाएतको आग्रहमा वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार