२०८२ माघ ८ गते बिहिवार

दाङमा ६२ जनाको उम्मेदवारी

क्षेत्र नं. ३ मा सबै भन्दा बढी २५ जना


तुसीपुर, माघ ७ । दाङका तीन निर्वाचन क्षेत्रमा ६२ जनाको उम्मेदवारी परेको छ ।


प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ तीन जना निर्वाचित हुन्छन् । त्यसमा ६२ जनाको उम्मेदवारी परेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले माघ ६ गते मंगलबार उम्मेदवारी दर्ता गराएका हुन ।

दाङको क्षेत्र नं. १ मा १४ जना, क्षेत्र नं. २ मा २३ जना र क्षेत्र नं. ३ मा सबै भन्दा बढी २५ जनाको उम्मेदवारी परेको छ ।

ती मधय १९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ मा २ जना, क्षेत्र नं. २ मा ८ जना र क्षेत्र नं. ३ मा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


दाङको क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा मेटमणी चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, राष्टिय स्वतन्त्र पार्टीका देबराज पाठकसहित १२ राजनीतिक दलका उम्मेदवारले मंगलबार मनोनयन पत्र दर्ता गराएका छन् ।


दाङको क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रासद केसी (सोनाम) ले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । रोल्पाका उनी यसअघि नेकपा (माओबादी केन्द्र) बाट लुम्बिनीको मूख्यमन्त्री बनेका थिए ।

त्यस्तै क्षेत्र नं. २ मा एमाले महासचिव शंकर पोखरेल, काँग्रेसका किरण किशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राश्वपाका सहमहामन्त्री बिपिन आचार्यसहित १५ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।


दाङको निर्वाचन क्षेत्र नं. २ मा लुम्बिनी फुटवल एकाडमीका संचालक युवा शमिर वलीसहित ८ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।


यो निर्वाचन क्षेत्रमा गत निर्वाचमा काँग्रेस–माओबादी गठबन्धनकी उम्मेदवार माओबादी नेतृ रेखा शर्माले जितेकी थिइन । शंकर पराजित भएका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा काग्रेसका तर्फबाट पुर्व मन्त्री दिपक गिरी, एमालेका घनश्याम पान्डे, नेकपाका धनबहादुर मास्की र राष्टिय स्वतन्त्र पार्टीका कमल सुबेदीसहित १६ जना बिभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

यहाँ ९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा २०७९ मंसिरको चुनाबमा काँग्रेसका दीपक निर्वाचित भएका थिए । गत निर्वाचनमा राश्वपाका सुबेदीपनि उम्मेदवार थिए ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *