घोराही, माघ ६ । नेकपा (एमालें)का महासचिव शंकर पोखरेलले अहिलेको चुनाबलाई जनमत संग्रह जस्तै भएको बताएका छन् ।
मंगलबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै उनले मुलुक अहिले प्रतिगमन तर्फ उन्मुख भइ रहेको बेला चुनाबका माध्यमबाट लोकतन्त्रलाई पुनःस्थापित गर्ने प्रक्रियामा प्रबेश गरेको बताए ।
उम्मेदवारी दर्तापछि पनि एमाले महासचिव पोखरेलले चुनाबको वातावरण अझैं बनि नसकेको भन्न भने छाडेनन् । ‘तर, पनि स्वतन्त्र, निष्पक्ष र भएरहित वातावरणमा चुनाव हुन सक्दापनि लोकतन्त्र जननिर्वाचित प्रतिनिधिद्धारा वाहाल हुन्छ र संविधान क्रियाशिल हुन्छ भन्ने मान्नेताका साथ हामी चुनाबी अभियानमा होमिएका छौं,’ उनले भने ।
उनले भदौ २३ र २४ को घटनाले मुलुकमा असाधारण रुपमा क्षति पुगेको बताए । त्यो घटना पछि मुलुक अग्रगमन तर्फ नभइ प्रतिगमन तर्फ अगाडि बढेको उनको जिकिर थियो ।
‘हाम्रा नवयुवाहरुले सडकमा आइ रहँदा खेरी जम्मा दुई वटा मागहरु मात्रै राखेर सडकमा आइ रहेका थिए,’ उनले भने ‘ती मागहरु भनेको भ्रष्टचार अन्त्य र सुशान कायम हुनुपर्दछ भन्ने कुरा , अर्कौ सामाजिक संजालको निर्वाधन चलाउनु पाउनु पर्छ भन्ने माग मात्रै थिए ।’ तर, नब युवाहरुको पर्दशनलाई हाइज्याक गरिकन मुलकलाई हत्या हिंसा र बिध्वंसको बाटो तर्फ लैजाने काम भएको उनले दाबी गरे ।
‘नेपाललाई भूराजनीतिक द्धन्दको क्रिडास्थल बनाउने एउटा कुटिल चाल अन्तरगत मुलुकलाई पछाडि फर्काउने खालको काम भयो,’ पोखरेलले भने ‘ आन्दोलनका नाममा महत्वपूर्ण सम्पदाहरु छोटो अवधिमै ध्वँस गरिए ।’
जेनजीको नाममा चलेको आन्दोलनलाई बिष्फोटक रुपमा प्रयोग गर्नका लागि ३३ प्रतिसत समाजिक संजालका फेक एकाउन्टहरु प्रयोग भएको बिदेशी संस्थाहरुले गरेको अध्यनले समेत देखाएको उनले बताए ।
नेपाललाई बिध्वँस तर्फ लैजानका लागि कस्ता खालका षडेन्त्र हुँदा रहेछन् भन्ने दृष्टान्ट उजागर भएको उनले दाबी गरे । भदौ २४ गतेका दिन ब्यक्तिका सम्पत्तिहरु जुन प्रकारले टार्गेट गरिकन बिध्वँस मच्चाउने काम भयो त्यो एकदिनको घटनाको आक्रोसका रुपमा बुझ्न नहुने उनको धाराणा थियो ।