तुलसीपुर, माघ ५ । लमहीस्थित सम्राट सिमेन्ट उद्योगमा माटोको ढिस्कोले एक जना श्रमिकको पुरिएर मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । उनलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।
लमही नगरपालिका – ७ कमानपुरका ३६ बर्षीय अरविन्द चौधरीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
सोही घटनामा परि लमही –७ हस्नापुरका २७ बर्षीय शंकर चौधरी घाइते छन् । लमहीमा प्रारम्भीक उपचार पछि थप उपचाकार लागि उनलाई बाँकेको नेपालगंजका लागि रिफर गरिएको छ । शंकरको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अनुसार लमही – ७ स्थित सम्राट सिमेन्ट कम्पनी प्राली भित्र काम गर्ने क्रममा सोमबार बेलुका साढे ४ बजेतिर माटोको ढिस्को खसेर चौधरी द्धयलाई पुरेको थियो । उनलाई उद्धार गरि लमही अस्पतालमा पुर्याँदा चिकित्सले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता शाहका अनुसार सिमेन्ट परिशर भित्र सोमबार बिहान अर्थिङको तार बिच्छाउन भनेर डोजरले खाडल खनिएको थियो । सोही खाडलमा तार बिच्छाइ रहेको अवस्थामा माथिबाट माटोको ढिस्को खसेर उनीहरुलाई पुरेको थियो ।
घटना बारे सूचना पाउना साथ अस्थायी प्रहरी पोष्ट बन्गै बाट प्रहरी सहायक निरीक्षक लक्कु चन्दको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीय र सिमेन्ट उद्योगका कर्मचारीसमेतको सहयोगमा उनीहरुको उद्धार पछि अस्पताल पुर्याएको थियो ।
घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अमेलियाबाट प्रहरी निरीक्षक रेशमबहादुर खत्रीको नेतृत्वमा थप १२ जनाको टोली घटनास्थलमा खटाइएको छ ।