दाङ, माघ ५ । नेपाली काँग्रेसमा शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार बिहान सर्वौच्च अदालत पुगेर पार्टी बैधानिकताको बिषयमा रिट दिएका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशन बाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि त्यसको विरोधमा देउवा पक्षधर नेताहरु अदालतमा पुगेका हुन ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको निर्णय अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा नेताहरू सर्वौच्च अदालत पुगेर रिट दायर गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार