२०८२ माघ ८ गते बिहिवार

गाडीको ठक्कर बाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

दाङ, माघ ३ । बर्दियामा गाडीको ठक्कर बाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक जिल्लाको ठाकुर बाबा नगरपालिका –५ का २१ वर्षीय सुशिलकुमार थारु र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारुलाई अस्पताल पुर्‍याइ चेकजाँच गर्ना साथ राति नै चिकित्कसले मृत घोषणा गरेका थिए ।

जिल्लाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ जाँदै गरेको बा प्र ०१–०३२ च ७५५३ नम्बरको इभी गाडीले र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते दुबै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्‍याइएको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसी देबेन्द्रकुमार मल्लका अनुसार राति १० तिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


गाडीका चालक मधुवन –४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको छ ।
मृतक दुबै जनाको शब पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *