२०८२ माघ ८ गते बिहिवार

काँग्रेस कार्यबहाक सभापति खड्कासहितका नेता आधिकारिकता दाबी गर्न आयोग कार्यालयमा

दाङ, माघ २ । नेपाली कांग्रेसका नेताहरूले शुक्रबार बिहान निर्वाचन आयोगमा पुगेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, बरिष्ठ नेता शेखर कोइरालासहितका नेताहरु आयोगमा पुगेका आँफुहरु नै आधिकारिक काँग्रेस भएको आयोगका पदाधिकारीहरूलाई बताएका छन् ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन विधानअनुरूप नरहेको दाबी गर ।

कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरे पछि लगत्तै निर्वाचन आयोगमा जानकारी गराइएको बताएका थिए।

त्यस्तै उनले ती तीन जनालाई पार्टीले ५ वर्षका लागि साधारण सदस्यसमेहत नरहने गरी कारबाही गरिसकेको बताएका थिए ।

कार्यबहाक सभापपति खड्काले तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन भएको भएपनि त्यो समितिले केन्द्रीय समिति र सभापतिलाई क्रियाशील सदस्यता सूची नबुझाएको हुँदा समयमै नियमित महाधिवेशन हुन नसकेको दाबी पेश गरेका छन् । त्यही भएर वैशाखमा अधिवेशन सार्नु परेको उनले बताए ।

केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको खड्काले आयोग पदाधिकारी समक्ष बताए ।

विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्थासमेत भन्दै आफूहरू १४ औं महाधिवेशनबाट निर्वाचित भएको हुँदा आधिकारिक काँग्रेस आँफुहरु नै भएको दाबी पेश गरे ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले निर्वाचन आयोगमा पुगेर सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको हुँदा आँफहरु नै आधिकारिक काँग्रेस रहेको बताए ।


नेता कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ता गरिएको र सोको निस्सासमेत आफूहरूसँग रहेको आयोग पदाधिकारीलाई बताए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी पेश गरिएको छ ।

‘सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छौं, केही चोइटिएर गए होलान,’ नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग भने ।
आयोगमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायतका नेताहरु आधिकारिकता दाबी गर्न पुगेका छन् ।


भृकुटी मण्डपमा पुस अन्तिममा भएको विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

यो पक्षले बिहीकार निर्वाचन आयोगमा आँफुहरु नै आधिकारिक काँग्रेस भएको भन्दै निवेदन दिएको थियो ।
काँग्रेस भित्र को आधिकारिक काँग्रेस भन्ने बिबाद निरुपन आयोगले गर्ने छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *