२०८२ माघ ८ गते बिहिवार

गोलौराका दुर्गाबहादुर चोरीको ६४ लाख ८१ हजार रकमसहित पक्राउ

तुलसीपुर, पुस १५ । तुलसीपुर उपमहानगरपालिका – ६ गोलौराका २४ बर्षीय दुर्गाबहादुर केसी चोरीको ६४ लाख ८१ हजार रकमसहित पक्राउ परेका छन् ।

मंगलबार बिहान केसीको गोलारौस्थित घर खान तलासीका क्रममा प्रहरीले ६४ लाख ८१ हजार रकम बरामद भएपछि दुर्गाबहादुरलाई नियन्त्रणमा लिएको थियो ।

दुर्गाबहादुरले त्यो पैंशा काठमाडौंबाट चोरी ल्याएका थिए । काठमाडौं विशाल नगरस्थित डिएसहोम फाइबर नेटको मालिकको घरबाट चोरी ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।


पेशाले पलम्बर दुर्गाबहादुर सोही रोजगारीका लागि काठमाडौंमा बस्दै आएका थिए । तर, उनले डिसहोम नेटका साहुको घरबाट त्यो रकम चोरी गर्दै गरेको तथ्य सिसी टिभी पूmटेजमा फेला परेपछि काठमाडौं बाट प्राप्त गोप्य सूचनाका आधारमा बिहानै प्रहरी दुर्गाबहादुरको घर खान तलासी गर्न पुगेको थियो ।

दुर्गाबहादुर सोमबार बेलुका मात्रै चोरीको रकमसहित घर आएका थिए । उनले त्यो रकम घरमै ल्याएर राखेको अवस्थामा फेला परेको हो ।

गोप्य सूचनाको आधारमा रातभर प्रहरीले दुर्गाबहादुरको घर पहिचान गरि बसेको थियो । बिहान हुनासाथ प्रहरीले घर तलासी लिने क्रममा ६६ लाख ८१ हजार रकम फेला परेको डिएसपी पराजुलीले बताए ।

खान तलासी गर्ने क्रममा ठूलो परिमानमा नगद नोटहरु फेला परेपछि प्रहरीले ती गन्नका लागि मेसिन लगेको थियो । तर, बिद्युत भोल्टेका कारण मेसिन नचलेपछि प्रहरी आँफैले ती गनना गर्दा केही ढिलाई भएको डिएसपी पराजुुलीले बताए ।

आरोपी दुर्गाबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर इप्रकाको हिरासतमा राखेको छ ।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जाानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *