२०८२ माघ ९ गते शुक्रवार

यसकारण, तुलसीपुर खानेपानी ८० लाखमा जग्गा किन्न बाध्य भयो

तुलसीपुर, पुस १४ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ८० लाखमा ब्यक्तिको जग्गा किन्न बाध्य भएको छ ।

जग्गा धनी तुलसीपुर उपमहानगरपालिका – ६ का स्थायी बासिन्दा सुन्दर लामिछाने संग अन्डर ग्राउन्ड ट्याँङ्की निमाणाधिन स्थल तुलसीपुर – ५ एसपी कार्यालयको पश्चिम तर्फको एक कठ्ठा जग्गा ८० लाखमा खानेपानीले किन्नु परेको हो ।

काम गर्ने ढंग नपुर्‍याउँदा उपभोक्ताबाट संकलित ठूलो रकम खानेपानीले जग्गा खरिदमा लगानी गर्नु परेको हो । त्यसबारे ट्याँङ्की निर्माण स्थलमा खानेपानीले सोमबार बिहान सार्वजनिक सुनुवाई गर्दै जग्गा खरिद गर्न बाध्य हुनु परेको सार्वजनिक रुपमै बताएको हो ।

जहाँ २०८० मंसिरदेखि खानेपानीका लागि भनेर अण्डरग्राउण्ड ट्याँङ्की निर्माणको काम थालनी गरेको थियो । अनुमानित ३८ लाखको ट्याँङ्की निर्माणको काम झन्डै ८० प्रतिसत पुरा भइ सकेपछि अर्थात भ्याटसहित २६ लाख बराबरको काम भइ सकेपछि जग्गा धनि सुन्दरले खानेपानीले आँफुलाई जानकारी नै नदिएर आफ्नो ब्यक्तिगत जग्गामा ट्याँङ्की निर्माण थालेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतको आदेशले अमिन लगेर जग्गा नापजाँच गर्दा करिब १ कठ्ठा क्षेत्रफलको उक्त जग्गा सुन्दरकै भएको ठहर भएको थियो । त्यसपछि अदालतले खानेपानीलाई ट्याँङ्की निर्माणको काम रोक्न आदेश गरेको थियो ।


जग्गा धनि सुन्दरले निर्माणाधिन ट्याँङ्की भत्काइदिने चेतावनी दिन थाले । त्यसपछि खानेपानी के गर्ने नगर्ने भनेर अप्ठेरोमा परेको थियो । जग्गा नै खरिद गर्नु उपयुक्त हुने ठानेर खानेपानीले कुरा अगाडि बढाउँछ ।


जग्गा धनी सुन्दरले जग्गाको मूल्य सवा करोड बढी भनिदिन्छन् । बार्गेनिङ सुरु हुन्छ । कारण त्यो रेट प्रचलित सरकारी रेट भन्दा अधिक थियो । जग्गा धनिले नै भनेको दर रेटमा खरिद गर्दा अख्तियारको फन्दामा परिने चिन्ता खानेपानीका पदाधिकारीलाई थियो ।


दुई बर्ष लामो बार्गेनिङ र प्रयास पछि जग्गा धनी संग ८० लाखमा जग्गा खरिद गर्ने अन्तिम टुँगो लागेको हो । यो कुरा सोमबार खानेपानीले निर्माणस्थलमै सार्वजनिक सुनवाई गरि सार्वजनिक गरेको हो ।


त्यो सार्वजनिक कार्यक्रमका प्रमुख बक्ता तुलसीपुरका मेयर टीकाराम खड्काले सत्य कुरा छिपाएनन् ।
खानेपानीको आग्रहमा उपमहानगरपालिकाले आफ्ना अमिनलाई जग्गा नापजाँच गर्न लगाउँदा उनीहरुले नै उक्त जग्गा सार्वजनिक भएको रिपोर्ट दिएपछि निर्माण कार्य अघि बढाउन आँफैले भनेको मेयर खड्काले सहजै स्वीकार गरे ।


साथै उनले उपमहानगरका अमिन कतिसम्म कमजोर रहेछन् ? भन्ने कुरापनि सार्वजनिक रुपमै स्वीकार गरेका थिए । मेयर खड्काले अर्कौ सत्य पनि छिपाएनन् । त्यो के भने जग्गा धनी र खानेपानी संस्थाका बीचमा ८० लाखमा जग्गा खरिद गर्ने सहमति बाहिर भइ सकेको कुरा सार्वजनिक रुपमै स्वीकार गरे ।

त्यो सार्वजनिक सुनुवाई गर्नुको कारण मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट जोगिनका लागि भएको उनले बताए ।

जग्गाको सरकारी रेट एउटा र ब्यबहारिक रेट अर्कै हुने भएको हुँदा सार्वजनिक सुनुवाई मार्फत यो सार्वजनिक रुपमै उजागर गरिए पछि अब ८० लाखमा जग्गा खरिद गर्नु परेको कुरा सार्वजनिक भएको र त्यसबाट खानेपानीका पदाधिकारी अख्तियार बाट जोगिन सहज भएको नेकपा एमालेका नेता समेत रहेका मेयर खड्काले बताएका थिए ।

एमाले नेता समेत रहेका तुलसीपुरका पूर्व मेयर तथा जग्गा धनी सुन्दरका बुवा ढुण्डिराज लामिछाने , नेपाली काँग्रेसकी नेतृ तथा महिला अधिकारकर्मी सुष्मा लामिछानेले खानेपानीलाई काम गर्ने क्रममा हचुवाको भरमा काम नगर्न तथा फेरि यस्ता गल्तीहरु नदोहर्‍याउन सचेत तुल्याए ।

खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले प्राबिधिक त्रुटिका कारण आँफुहरुले पाउनु दुःख पाएको तथा उपभोक्ता बाट संकलित ८० लाख रुपैयाँको जग्गा खरिद गर्नु पर्दा सित्तैमा पैंशा गएको जस्तो लागेको बताए ।

भएको के हो ?

तुलसीपुर उपमहानगरपालिका संग २०८० असारतिर पानी भण्डारणका लागि अण्डरग्राउण्ड ट्याँङ्की निर्माणको काम थालेको थियो ।

खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले तुलसीपुरका मेयर टीकाराम खड्का समक्ष ट्याँङ्की निर्माणका लागि बजार क्षेत्र भित्रै जग्गा उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

जग्गा नाप जाँचका लागि उपमहानगरपालिका बाट अमिनहरु खटाइन्छन् । अमिनहरुले पनि नाच जाँच पछि त्यो जग्गा सरकारी भएको रिपोर्ट दिन्छन् ।
त्यही भएर उपमहानगरले तुलसीपुर – ५ को प्रदेश प्रहरीको एसपी कार्यालय परिशरको जग्गामा ट्याँङ्की बनाउन भन्छ । त्यही भएर तीन लाख लिटर क्षमताको अण्डरग्राउन्ड पानी ट्याँङ्की निर्माण सुरु भएको थियो ।
तीन लाख लिटर क्षमताको त्यो ट्याँङ्की निर्माण कार्यपनि निर्माण पक्षले २०८० मंसिरदेखि नै सुरु गरेको थियो । जस्को लगभग ८० प्रतिसत काम भइ सकेको छ । कुल करिब ३८ लाख अनुमानित लागतको ट्याँङ्की निर्माण कार्य २४ लाख ( भ्याटसहित २६ लाख) खर्च भइ सकेको थियो ।


धमाधम काम भइ रहँदा माघमा तुलसीपुर – ६ का सुन्दर लामिछानेले अदालतमा मुद्दा दायर गरे ट्याँङ्की निर्माणको कार्य रोकिन पुगेको थियो ।


ट्याँङ्की निर्माणमा लाखौं रकम खर्च भइ सकेको अवस्थामा त्यो भत्काउन पर्दा खानेपानीको थप आलोचना हुने अवस्था आउँथ्यो । त्यसैले यो दुई बर्षको अवधिमा गुपचुपमा जग्गा धनिबाट जग्गा किन्न प्रयासहरु निकै भए । निकै बार्गेनिङहरु भए ।


जग्गा धनिले करोड बढी मूल्य भनिदिए । बार्गेनिङ गर्दै जाँदा हाल ८० लाखमा कुरा मिलेपछि खरिद गर्ने सहमति बनेको हो ।

तुलपुर खाने पानीका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुरका मेयर टीकाराम खड्का, जग्गा धनी सुन्दरकै बुवा पूर्व मेयर ढुण्डीराज लामिछाने लगाएतले जग्गाको बिबाद अबदेखि समाधान भएको बताए ।

त्यसैले सोमबार बिहान एसपी कार्यालयको सम्मुख पश्चिम तर्फ अबरुद्ध ट्याँङ्की निर्माण परिशरमा तुलसीपुर खाने पानीले ‘ट्याँकी निर्माण जग्गा खरिद सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम’ आयोजना गरेको हो ।


त्यो सार्वजनिक सुनुवाई कार्यक्रम जनताबाट अनुमोदन गराउनका लागि थियो ।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *