२०८२ माघ ९ गते शुक्रवार

दीपक गिरीको घोषणा – १५औं महाधिवेशनमा म काँग्रेसको उपसभातिमा पदमा लड्छु

तुलसीपुर , पुस ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको १५औं महाधिवेशनमा आँफु उपसभापति पदमा लड्ने बताएका छन् ।

दाङको तुलसीपुर निवासी गिरीले पार्टीको आगामी महाधिवेशनमा आँफु उपसभापति पदमको उम्मेदवार बन्ने सत प्रतिसत निश्चय गरि सकेको बताए ।


‘ म उपसभापति पदमा उम्मेदवार बन्ने सत प्रतिसत निश्चित हो,’ नेता गिरीले भने ‘ पार्टी महाधिवेशनमा म उसपभापति पदमै उम्मेदवारी दिन्छु म कदापी ब्याक हुने छैन ।’

पार्टीमा कतिपय पदाधिकारी भन्दा आँफु धेरै सिनियर नेता रहेको तथा पार्टीमा आफ्नो धेरै नै लामो लगानी भएको हुँदा आँफु उपसभापति पदमा उम्मेदवार बन्ने निश्यच गरेको उनले बताए ।

उनले पार्टी भित्र आफ्नो पक्षमा राम्रो वाताववरण रहेको बताए । ‘ ढुक्कले म उपसभापति जित्छु,’ उनले भने ‘ धेरै साथाीहरुको सल्लाहमा म उम्मेदवार बन्न निधोमा पुगेको हुँ ।’

सिँचाइ मन्त्री गिरी १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

आगामी महाधिवेशनमा पटक कुन समुह बाट उपसभापति पदमा उम्मेदवार दिने भन्ने बारे उनले स्पष्ट खुलाउन चाहेनन् ।

दाङको क्षेत्र नं. ३ बाट निर्वाचित बिघठित प्रतिनिधिसभा सदस्य गिरीले बाँकेको नेपालगंजमा आउँदा मंगलबार पहिलो पटक आँफु उसपभापपितको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।


नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले आँफु उपसभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

गिरीले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *