तुलसीपुर, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते हुलदंगा गरि तुलसीपुर कारागार बाट भागेका मध्य एक जना कैदी पक्राउ परेका छन् ।
रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका घर ३२ वर्षीय तिर्थफल परियार मंसिर १९ गते पक्राउ परेका हुन । रुकुम पूर्वका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हिमराज बिकका अनुसार खोजी गर्ने क्रममा परियार घरबाटै पक्राउ परेका हुन ।
उनी जबरजस्ती करणी मुद्दामा कारागारमा सजाय भुक्तान गरि रहेका ब्यक्ति रहेको प्रहरी निरीक्षक बिकले बताए ।
पक्राउ पछि परियारलाई बाँकी सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार रूकुम पश्चिममा पठाइएको प्रहरी निरीक्षक परियारले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
