२०८२ मङ्सिर २२ गते सोमवार

कालीमाटीका २३ बर्षे युवकको सवारी दुर्घटनामा मृत्यु,घाइते बबइका वलीको लखनउमा उपचार जारी

दाङ, मंसिर २१ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा सल्यानका एक युवकको मृत्यु भएको छ । मोटरसाइकल चालक दाङको बबइका एक युवक गम्भीर घाइते छन् ।


दुर्घटनामा परि सल्यान जिल्लाको कालीमाटी गाउँपालिका – ३ का २३ बर्षीय भिषन पुन मगरको मृत्यु भएको हो ।
मगर मोटरसाइकलको पछाडि सवार थिए ।

दुर्घटना लगतै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए ।

मोटरसाइकल चालक दाङको बबई गाउँपापलिका – ३ का २९ बर्षीय गणेश वलीपनि गम्भीर घाइते छन् । उनको बायाँ खुट्टा फ्याक्चर हुनुका साथै बायाँ हातमा चोट छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि वलीलाई थप उपचारका लागि बाँकेको नेपालगंज रिफर गरिएको थियो ।

त्यहाँबाट पनि भारतको लखनउस्थित आशिर्बाद सिटी हस्पिटलमा लगेर वलीको उपचार जारी रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तरगत तुलसीपुरबाट हंशपुर तर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोट बाट तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटनामा शनिबार साँझ आठ बजेतिर दंगीशरण गाउँपालिका – ६ श्रीगाउँमा भएको थियो ।

दुर्घटना पछि चालक तुलसीपुर उपमहानगरपालिका – १२ टरिगैका २९ बर्षीय साजन आचार्यसहित ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *