तुलसीपुर, साउन २४ । तुलसीपुरमा आइतबार भूमिहीनको नाममा भएको प्रदर्शनमा नेकपा (एमाले) जिन्दाबादको नारा लागेको छ । एमालेको नेतृत्वमा भएको प्रदर्शनका सहभागिहरुले नेकपा (एमाले) जिन्दाबाद, केपी ओली जिन्दाबाद, परमादेश सरकार मुर्दाबाद, राष्ट्रघाति सरकार मुर्दाबाद, गरिब मारा सरकार मुर्दाबाद, भूमिहीनलाई पूर्जा दे भन्ने जस्ता नाराहरु लगाउँदै बजार परिक्रमा गरेका थिए ।
सुकुमबासीको नाममा भएको प्रदर्शनको नेतृत्व एमालेका नेताहरु केपी समुहका एमाले दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, नेता विनोद शर्मा लगाएका नेता कार्यकर्ता पर्दशनमा सहभागि थिए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नं.१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी, वडा नं. १८ का अध्यक्ष माधव ओली लगाएतले गरेका थिए ।
तुलसीपुरस्थित एमाले पार्टी कार्यालय क्षेत्रबाट सुरु भएको प्रदर्शनका सहभागिहरु सहरको बिभिन्न भागको परिकर्मा गरेको थियो । आइतबार दिउँसो चर्कौ गर्मी रहेको हुँदा अधिकाँसप्रदर्शनकारीले छाता ओढेको देख्न्थ्यिो । फेरि बिस्तारै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेपनि प्रदर्शनकारीहरुले भने आवश्यक साबधानी अपनाएको देखियो ।