नेपालले गाँजालाई बैधानिकता दिने पक्षमा अष्ट्रियामा भएको विश्व सम्मेलनमा मत प्रकट गरेको थियो । त्यसपछि नेपालमा गाँजा बैधानिक हुनुपर्छ भनेर अभियान सञ्चालन गरेकाहरुले आज तुलसीपुरको उच्च अदालत अगाडी धर्ना दिएका हुन् ।उच्च अदालत तुलसीपुर अगाडि आइतवार गाँजा अभियान्ताहरुले मौन प्रदर्शन गरेका छन् ।
गाँजा बैधानिक अभियानका लुम्बिनी प्रदेश संयोजक रबिन्श बिक्रम डाँगीले बैधानिक रुपमा सदनबाट गाँजाको बारेमा छलफल गरि नियम कानुन गर्नु उचित भएपनि अहिले प्रतिनिधिसभा नै भंग गरिएको हुँदा न्यायको लागि अदालत अगाडि शान्ति पूर्ण रुपमा ध्यानाकर्षण गराउन खोजेको बताए ।
प्रदर्शनमा नेपाल गाँजा बैधानिक अभियानका अभियान्ताहरु राजिब काफ्ले, ऋगेन्द्र गिरी लगाएत केही सर्वसाधारणको समेत सहभागिता थियो ।