दाङ, जेठ ३ ।
प्यूठानमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक जना किशोर घाइते भएका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिका – ६ बहानेका १६ बर्षीय भिमराज रानाको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार कुरेनको रुखमा चढेर हाँगा काट्ने क्रममा रानाले काटेको रुखको हाँगा हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
करेन्टको झट्काले उनी रुख बाट झन्डै २० मिटर तल खस्न पुगेका थिए ।
गम्भीर अवस्थाका उनको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई शनिबार बेलुका साढे ५ बजेतिर करेन्ट लागेको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार