तुलसीपुर, चैत ११ । दाङको घोराही उपमहानगरपालिका –३ वर्गदुवास्थित संजीवनी टिचीङ अस्पतालले बुधबारदेखि एमआरआइ सेवा सुरु गरेको छ । अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरि एमआरआइ सेवा सुरु गरिएको अबगत गराएको हो ।
अस्पतालका सिइओ दीपक रोकाले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको नेपालमै पहिलो हिलिएम फ्री अत्याधुनीक स्क्यान क्षमता भएको मेसिन जडान गरि सेवा सुरु गरेको जानकारी दिए ।
यो मेसिनको सहयोगमा डिप रिजोल्भ भन्ने एआइ टेक्नोलोजी प्रयोग हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालका रेडियोलोजी विभाग प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार यो मेसिनको प्रयोग बाट स्क्यान समय छिटो र इमेज गुणस्तर राम्रो हुने बताए ।
मुटुको एमआरआइ गर्दा अटोमेटेड पोजीसनीङ हुने हुँदा छिटो र इमेज गुणस्तर राम्रो आउने दाबी गरिएको छ । अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान मेसिनपनि उपलब्ध रहेको डा. केसीले बताए ।
जस्मा टिन फिल्टर प्रयोग भएको हुँदा नचाहीने रेडिसन रोकिने र चाहिने रेडियसन मात्र प्रयोग हुने बताइएको छ ।
यो मेसिनले कम रेडियसनमा पनि राम्रो इमेज निकाल्ने बताइएको छ । यो मेसिनमा एआइ प्रविधिको प्रयोग गरी कम रेडियसनमा उच्च गुणस्तरको इमेज निकाल्ने डा. केसीले बताए ।
यो अस्पताल विभागमा डिजीटल एक्सरे, भिडियो एक्सरे, मेमोग्राफी, सिटी स्क्यान र एमआरआइ सेवा उपलब्ध छन् ।