२०८२ असोज १९ गते आइतवार

जय देश

हिमालबाबू डांगी ।

अमेरिकन हरुले ध्वस्त पारेको जापान र जापनिजहरुले बिकास गरेको आफ्नै मौलिक संस्कार सहित बिकसित भएको आजको जापान ।


कतिपय ठाँउमा बमको असरले हालसम्मपनी वातावरणिय पर्यावरण सन्तुलित छैन तर जापानिज हरु ले पुनः अमेरिका संग लडाइ छेडेनन रक्तपात को बाटो रोजेन अध्यारोको विकल्प अध्यारो बुझेनन अध्यारो को समाधान उज्यालो हो भन्ने कुरा हरेक जनतामा संस्कार जस्तै गरि बिकास भयो ध्वंस पछिको पुनर्निर्माणलाई बिकास को मापनबाट हेर्दा हालको अबस्थामा धेरै अग्रनी र विकसित ठाउँ मा पुगेको देखिन्छ ।

जापानीज हरु को श्रम संस्कार ,श्रमप्रतीको सम्मान,आत्मनिर्भरताको लागि उत्पादन स्वदेशमै भयभरका सम्भाबनाको खोजी र तिनको विकास,प्रबिधिको उत्पादनमा जडान ,निर्यात प्रणालीमा गुणात्मक सुधार , जनस्तरबाट राज्यको सम्पतिमा व्यक्तिगत जस्तै संरक्षकको भुमिका लगायत थुप्रै कुरामा सुधार गर्दै बिस्वमा आफ्नो पुनः सफल पहिचान निर्माण गरेको ईतिहास पनि हाम्रा लागि ठूलो पाठ हो ।

अबका दिनहरुमा राज्य सहि ढङले आफ्नो अभिभावकिय भुमिकामा रहने र राष्ट्र समृद्ध बनाउन हरेक नागरिक आफ्नो क्षमता अनुसारको श्रममा अनिवार्य जोडिने सकेसम्म आफू आत्मनिर्भर बन्ने कोसिस गर्ने ,स्वाभिमानी पुर्वक जे छ जति छ खुसी हुने र थप निर्माणका लागी अनिवार्य श्रममा अनुशासित भएर लाग्नुको बिकल्प छैन ।

जनश्रमदान सहित अहिले भौतिकरुपमा ध्वस्त भयको संरचना पुनर्निर्माण मा अनिवार्य zene- Z र Y पुस्ताको सहभागिता हुनु पर्ने,राज्य सम्यन्त्र सन्चालन गर्ने राष्ट्रसेवक कर्मचारी जुन सेवाभाबले आउनु भयको हो इमानदार भयर सेवामा लाग्ने अतिरिक्त देखासिकी भाबको अन्त्य गर्ने र सुशासन निर्माण मा टेवा पुर्याउने , नेपाल प्रहरि,अदालत ,न्यायालय लगायतका अड्डाहरु निस्पक्ष,स्वतन्त्र भयर जनमुखि सेवा बिस्तार गर्न अग्रसर हुनु पर्ने ।

जन्म पछि अनिवार्य हुने मृत्यु भन्दा अगाडि पटक पटक आफै भित्र मरिमरी बाच्नु पर्ने ,बांचेको अघिल्लो पुस्ताको असफल नेतृत्व र व्यवहार बाट पाठ सिक्दै उहाँहरु ले गरेका राम्रा कामको सम्मान गर्दै आउदो पुस्ताका लागि संस्कार ,अनुशासन,धैर्यता ,शिष्टाचार श्रम संस्कार जस्ता संस्कृतीको सुरुवात गर्ने,राम्रा इतिहास को सम्मान गरे मात्र आउदो पुस्ताले यो पुस्ताको राम्रो कर्मको इतिहास लाई सम्मान गर्न सक्छ भन्ने बुझाइका साथ अगाडि बढौ ।

अब सम्यंमित भयर बाह्य सबै प्रकारका हस्तक्षेप बाट देशलाइ मुक्त हुन सहयोगी भुमिका सबैले खेलौ हिजो को समीक्षा र त्यसबाट पाठ सिक्दै आक्रोश ,स्वार्थ र गलत भावना त्यागेर थप क्षती हुन बाट जोगाउन सबै अग्रसर बनौ जय देश ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *