२०८३ बैशाख ११ गते शुक्रवार

प्रतिष्ठानलाई रेफरल सेन्टरमा सिमित गर्न खोजिएपछि बिरोध

घोराही, असार २९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत प्राथमिक सेवा प्रदायक संस्थाको रूपमा समावेश गर्न माग गर्दै नागरिक समाज दाङ लगायत सरोकारवाला संघ संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन ।


प्रतिष्ठानलाई प्रथम सेवा विन्दु कायम गर्न वा कुनै उपयुक्त वैकल्पिक व्यवस्था गर्न माग गर्दै नागरिक समाजको अगुवाइमा आइतबार स्वास्थ्य बिमा बोर्ड दाङ, जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा आम नागरिकको स्वास्थ्य उपचार अधिकारमाथि गम्भीर हस्तक्षेप हुने गरी प्रतिष्ठानलाई प्रथम सेवा विन्दुबाट हटाएर रेफरल सेन्टरमा सिमित गर्न लागिएपछि जिल्लास्थिठत समाजिक संघ संस्थाका अगुवाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।


नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब घोराहीस्थित प्रतिष्ठानमा बिमितले सिधै सेवा नपाउने अवस्था सृजना भएको छ । त्यसैले प्रतिष्ठानलाई प्रथम सेवा विन्दु कायम गरी सेवा यथावत राख्न ध्यानाकर्षण गराइएको हो ।

स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्ग र आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

तर, स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार प्रतिष्ठानलाई केवल रेफरल सेन्टरका रुपमा सिमित गर्नुले सरकारको उदेश्य माथि गम्भीर प्रश्न खडा गरेको उनीहरुको ठहर छ ।

पछिल्लोे निर्णयले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवा पाउने मौलिक हकमा प्रत्यक्ष हस्तक्षेप हुने संघ संस्थाका अगुवाले ठहर गरेका छन् ।

त्यसैले उनीहरुले प्रतिष्ठानलाई पुनः स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्राथमिक सेवा प्रदायक संस्थाको रूपमा समावेश गर्न वा कुनै उपयुक्त वैकल्पिक व्यवस्था गर्न अनुरोध गरेका हुन ।

दाङमा ७१ हजार बढी स्वास्थ्य बिमामा आवद्ध छन । जसमध्ये ३७ हजार बढी बिमित घोराहीका छन ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *