तुलसीपुर, चैत ३१ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबदेखि सेवाग्राहीले अनलाइन टिकट काट्ने सकिने भएको छ ।
सेवा सुधारलाई थप प्रभावकारी बनाउन अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि मोबाईल वा कम्प्युटरमै हेर्न पाउने गरि ब्यवस्था मिलाएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।
प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरुको संख्या बढ्न थालेपछि आफुहरु सस्थागत सुधारमा लागि परेको र अनलाइन टिकट काट्ने ब्यबस्था थपिएको उनले बताए ।
ल्याब रिपोर्ट पनि अनलाईनमै हेर्न सकिने ब्यवस्था मिलाए पछि त्यस्कै लागि अस्पतालमा धाइ रहनु पर्ने बाध्यता हट्ने र भिडिभाड कम हुने आशा गरिएको उनले बताए ।
प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
