दाङ, पुस ६ । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखी आन्दोलनरत अभियान्ता डा. गोविन्द केसी दाङको घोराहीमा आइपुगेका छन् ।
गेटा मेडिकल कलेजलाई अघि बढाउन केही दिन अघि आफ्नो अनसनका कार्यक्रम सकेर डा. केसी बिहीवार बेलुका दाङ आएका हुन ।
उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् ।
प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग उनले विगतदेखी नै राख्दै आएका थिए ।
ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज सरकारी स्तरवाट स्थापना गरेर न्युन खर्चमा पनि डाक्टर पढ्न पाउनुपर्ने उनको माग रहदै आएको छ ।
प्रतिष्ठानका विभिन्न वार्डहरु, यहाँको अवस्था, विएनएस तथा विएस्सी नर्सिङसहीत एमडि एमएसको पढाइको वारेमा पनि डा. केसिलाई प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी गराएका हुन् ।
अवलोकनपछि डा. केसिले प्रतिष्ठानको सेवा सुधार भएकोमा खुसि ब्यक्त गर्दै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सफल भएकोमा प्रतिष्ठानको नेतृत्वलाई बधाई सहित धन्यवाद दिए ।
उनले छिट्टै एमविविएसको पढाई पनि प्रतिष्ठानले सुरु गर्ने विश्वास ब्यक्त गरे । प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले एमविविएसको पढाईका लागि निरन्तर लागि परेको भन्दै सबैको सामुहीक पहलवाट नै केही शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको बताए ।
उनले एमविविएस पढाइका लागी पनि पुर्वाधारमा जोड दिइएको बताए ।
