बर्दिया, असोज १३। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश भित्र सिकलसेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आबश्यक्ता रहेको बताएका छन् ।
जिल्ला अस्पताल बर्दिया, आरसी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमणका क्रममा आयोजित अन्तरकृया कार्यक्रममा स्वास्थ्य मन्त्री खनालले बर्दियाको आरसी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गर्न खोजिएको बताएका हुन ।
यस्का लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैंया प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको मन्त्री खनालले जानकारी दिएका थिए ।
सिकलसेल एनिमिया अस्पताल सञ्चालनको बारेमा संघीय सरकारसंग आफूले कुरा गरेको मन्त्री खनालले बताए ।
स्थानीय सरकारलाई शिक्षा र स्वास्थ्य जस्ता कुराहरु केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भिर रहेको जानकारी दिए ।
बारबर्दियामा आयोजित छलफलका सहभागिहरुले सिकलसेलका बिरामीको निशुल्क स्वास्थ्य बिमागर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा खुसी व्यक्त गर्दै सिकलसेलको औषधीलाई स्वास्थ्य विमामा समाबेश गर्न आग्रह गरेका थिए ।
स्वास्थ्य मन्त्री खनाल ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको द्वन्द्व पीडितहरुको सामुदायिक समाबेसिकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्बन्धी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय, सिएमसी नेपाल र दातृ निकायहरु बीचको अन्तरकृया कार्यक्रममा पनि सहभागी भएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधनगर्दै स्वास्थ्य मन्त्री खनालले द्वन्द्व प्रभावितसहित सबै प्रकारका हिंसा वा द्वन्द्व प्रभावितलाई मनोसामाजिक परामर्श चाहिएको भन्दै तीनै तहका सरकारले यस्मा ध्यान दिनुपर्ने तर्क गरेका थिए ।
एक पक्षले मात्र काम गरेर नहुने भन्दै मन्त्री खनालले नजिकको सरकारको रुपमा रहेको स्थानिय सरकारले यसमा बढी ध्यानदिनुपर्ने जोड दिएका थिए ।
