तुलसीपुर,असोज १२ । शुक्रवार सेप्टेम्बर २९,विश्व मुटु रोग दिवस । मन लगाऔँ,मुटु बचाऔँ भन्ने मुल नाराका साथ दाङ लगाएत देशभरी विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।
दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले बजारका विभिन्न ठाउँहरुमा हेल्थ डेक्स स्थापना गरि नागरिकहरुको निशुल्क ब्लडप्रेसर जाँच गरेको छ ।
पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेकोले मुटुको अवस्था थाहा पाउन हरेक व्यक्तीले अनिवार्य रुपमा मुटुको परिक्षण गर्नुपर्ने जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताए ।
‘मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ भनेर मुटुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सक्यौ भने मात्र हरेक मानिसको जवनशैली र स्वास्थ्य अवस्था राम्रो हुनेछ,केसीले भने,‘त्यसैले आजकै दिन देखि मुटुको परिक्षण गरौ,खानपान जिवन शैलीलाई बदलौँ । ’
अहिले पनि नेपालमा परानघातक रोगमा मुटु रोगलाई लिइएको बताउँदै उनले मुटु रोगबाट बच्नका लागि हरेक व्यक्तीमा चेतना हुनुपर्ने उनले बताए ।
उनले विश्वमा मुटु रोगका कारण मृत्यु हुनेको संख्या उच्च रहेको बताए ।
उनले पछिल्लो तीन बर्षको तथ्याङक हेर्दा तुलसीपुरमा मात्र ८ हजार बढी मुटु रोगका बिरामीहरु रहेको बताए ।
मानिसको जिवन शैली खानपान अस्वस्थ भएकै कारण पनि मुटु स्वस्थ हुन सकेको जनस्वास्थ्य शाखाका सिहेव अधिकृत विष्णु गिरीले बताए ।
मुटु स्वस्थ नभएकोले कयौँ युवाहरुको अकालमै ज्यान गइरहेको उनले बताए । उनले हरेक ब्यक्ति स्वस्थकर जिवन शैली अपनाउने,व्याम गर्ने ,स्वस्थ खानेकुरा खाने गरेमा मात्र यस्ता रोगहरुबाट बच्न सकिने औँल्याए ।
जिवन शैली परिवर्तन गर्न सकेमात्र हरेक व्यक्ती स्वस्थ हुने उनको ठम्याइ छ । राज्यले स्वास्थ्य सेवा दिएन भनेर गुनासो गर्ने होइन,उनले भने,हामी अस्वस्थकर अभ्यास जिवन शैली त्याग्न सक्यौ र स्वास्थ्यलाई पहिलो प्राथमिकता दियौ भने मात्र जिवन स्वस्थ हुन्छ ।
उनले हरेक व्यक्तीले समय–समयमा स्वास्थ्य चेकजाँच गर्नुपर्ने र औषधी सेवन गर्नेहरुले चिकित्सकको सल्लाहमा नियमित औषधी खाने र अरुलाई खान सुझाव दिनुपर्ने बताए ।
ब्लडप्रेसरको औषधी एक पटक खाएपछि जिन्दगी भरी नै खानुपर्छ भन्ने मासिकताबाट बाहिर आउनुपर्ने उनको भनाई छ ।