२०८३ बैशाख ११ गते शुक्रवार

नेपालमा थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ ,बैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ।

बिहीबार ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ४० पीसीआर तथा १ हजार ४७७ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *