२०८३ बैशाख १६ गते बुधवार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जना नयाँ संक्रमित थपिए

काठमाडौँ ,चैत २९ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार ८१ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४४५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ६२० पीसीआर तथा १७५७ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *