२०८३ बैशाख १७ गते बिहिवार

नेपालमा कोराना संक्रमणबाट थप एकजनाको मृत्यु,२४ जना आइसोलेशनमा

काठमाण्डौ ,चैत २८ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ३६ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *