२०८३ बैशाख १८ गते शुक्रवार

नेपालमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ,चैत १४ । देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।


यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *