तुलसीपुर, बैशाख २ । मदिरा सेवन गरि होहल्ला गरेको अभियोगमा तुलसीपुरबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का २३ बर्षीय लक्ष्मीप्रशाद भण्डारी र १६ बर्षीय एक किशोर छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनीहरुले मदिरा सेवन गरि होहल्ला गरि रातिमा सर्वसाधारणलाई त्रसिद पार्ने काम गरेको हुँदा नियन्त्रणमा लिनु परेको बताए ।
सर्वसाधारणको गुनासोको आधारमा भण्डारीसहित अर्का एक किशोरलाई तुलसीपुर – ५ बसपार्क क्षेत्रबाट बिहीबार बेलुका सवा ८ बजेतिर नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवकको साथबाट खुकुरीसमेत बरामद भएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
