२०८३ जेष्ठ २६ गते मङ्गलवार

खल्लो बन्यो तुलसीपुरको ३०औं स्थापना दिवश

एमाले बाहेक अरु कुनैपनि दलहरु कार्यक्रममा गएनन्

तुलसीपुर, चैत ३० । तुलसीपुर उपमहानगरपालिकाको ३०औं स्थापना दिवस निकै खल्लो बन्यो । कार्यक्रममा एमाले बाहेक अरु कुनैपनि दलहरुको उपस्थिति देखिएन । झिनो उपस्थितिले बार्षिक उत्सव निकै खल्लो देखिएको थियो ।

गाउँपञ्चायतबाट स्तरोन्नति भएर नगरपालिका र उपमहानगर बनेको तुलसीपुर उपमहानगरपालिकामा हाल १९ वडा छन् ।

कार्यक्रममा उपमेयरपनि उपस्थित थिइनन् । १९ वटा वडा मध्य दुई जना मात्रै वडाध्यक्ष र चार जना मात्रै कार्यपालिका सदस्यको उपस्थिति थियो । करिव ७० जना जनप्रतिनिधि र कम्तिमा दुईसय भन्दा बढी कर्मचारी छन् । तुलसीपुरको स्थापना दिवसमा एक सय बढिकोपनि उपस्थीति देखिएन ।

जस्ले गर्दा स्थापना दिवस कर्ममाण्डी अर्थात औपचारिकतामा मात्रै सीमित बन्न पुगेको जस्तै देखिएको थियो । स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा जनप्रतिनिधिहरुको मुख्य ध्यान निर्वाचनतिरै केन्द्रित भएकाले पनि उपस्थिति न्यून हुन पुगेको अडकल बाजी गरिएको छ । तर, जेहोस जनप्रतिनिधिको कार्यकालको सवैभन्दा खल्लो स्थापना दिवस सावित भयो ।

‘जसले आफ्नो महत्वनै बुझ्दैनन, उनीहरुले अरुको महत्व कसरी बुझुन्, निम्तो दिनेहरुनै अनुपस्थित हुंदा पाहुना कसरी आइरहन सक्छन’, कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथि तथा पूर्व मेयर ढुण्डिराज लामिछानेले भनेका थिए ‘ जिम्मेवारी लिनका लागि तछाडमछाड गर्नेहरुले जिम्मेवारी वहनगर्नबाट भाग्न खोजेको हो कि ।’

अहिलेको उपमहानगरपालिका त्यो वेलाको नगरपालिका भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार भएको बताउंदै स्थानिय सरकारलाइ गतिशिल र प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्वन्ध हुनुपर्ने पनि प्रमुख अतिथि लामीछानेको अभिव्यक्ति थियो । स्थानीय सरकारलाई अधिकार दिन संघिय सरकार अझै कन्जुस्याई गरिरहेको भन्दै स्थानीय सरकारका धेरै आर्थिक अधिकार संघलेनै राखेकाले संघीयता बलियो हुन नसकेको पनि उनले टिप्पनी गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्तगर्दै नागरिक समाजका पूर्व जिल्ला संयोजक टीकाराम रेग्मीले पनि स्थापना दिवसमा राजनीतिक दलहरुको अनुपस्थितिले खल्लो बनाएको बताएका थिए ।

उनले तुलसीपुरको समग्र समृद्धि नियमित हवाइसेवा र तुलसीपुर–सुर्खेत सडक यातायातको सञ्चालनसंग जोडिएको भन्दै तुलसीपुर विमानस्थलको स्तरबृद्धिका लागि स्थानीय सरकारले अझै थप दवाव सृजना गर्न आग्रह गरे ।

उनले विमानस्थलको स्तरबृद्धीको सन्दर्भमा क्षेत्रीयताको राजनीति नगर्न पनि सवै दललाई आग्रह गरे ।
यस अघि तुलसीपुर उद्योग वाणिज्यसंघको विशेष पहलबाट सुरु भएको हवाइसेवालाई पछिल्लो समयमा आएर तुलसीपुर उपमहानगरपालिकाको विशेष आग्रहमा जवर्जस्त रुपमा चलाइदै आएको छ ।

विमानस्थलको धावनमार्गको लम्वाइ बढाउन नसकेमा तुलसीपुरमा कुनैपनि वेला फेरि हवाइ सेवा ठप्प हुने नागरीक उड्ययन प्राधिकरणका अधिकारीहरुले बताउंदै आएका छन् । तर सरकारले लगातार ५ बर्ष सम्मे बजेटमार्फत विमानस्थलको स्तरबृद्धिको मागलाई सम्वोधन गर्न सकेन ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *