पाल्पा,चैत १८ । पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
