
दाङ, ११ चैत । नेपाली कांग्रेस दाङले जिल्लाकै गौरवका रुपमा रहेको चारलेन सडक निर्माणमा भएका ढिलासुस्तीमा चांसो व्यक्त गरेको छ । सडक निर्माणका क्रममा निर्माण कम्पनीका स्थानिय प्रतिनिधिबाट भएका श्रींखलाबद्ध अनियमितता तत्काल रोक्न पनि कांग्रेसले जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डांगीको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणमा सडक स्तरोन्नतीकालागी भनेर जिल्लाका विभिन्न स्थानबाट राजश्व नलिइ उठाइएका नदिजन्य पदार्थ व्यावसायीक लेनदेनको कारोवारमा अर्को उद्योगलाइ वेचविखन गर्न लागेको बुझिएकाले यसलाइ तत्काल रोक्न पनि कांग्रेसले स्थानिय प्रशासनसंग आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमा निर्माण कम्पनीका पेटि ठेकेदार विभिन्न व्यवसायीलाइ पैसा भुक्तानी नदिएको तथा अन्य बैंक कसुरको अभियोगमा पक्राउ परीरहेका वेला लेनदेन मिलाउन चारलेनकालागी उठाइएको नदिजन्य पदार्थ सोनापुर सिमेन्टलाइ तिर्नुपपर्ने रकम वापत बुझाउन लागेको पनि जनाइएको छ ।
साथै उक्त ध्यानाकर्षण पत्रमा घोराही-तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरण लारवाही गरेको भन्दै नेपाली कांग्रेस दाङले ठेक्कालाइ नयां प्रक्रियाबाट चाडो भन्दा चाडो सम्पन्न गर्ने व्यावस्था मिलाउन पनि आग्रह गरीएको छ । जिल्लाको मुख्य सडकखण्ड निर्माणको नाममा लामो समयसम्म अस्तव्यस्त हुँदा विकास निर्माणमा ढिलाईसँगै जोखिमपूणर् यात्रा गर्न बाध्यता रहेको भन्दै उक्त जोखिम हटाउन सम्वन्धीत निकायलाई आग्रह गरेको हो ।
नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण विकास निर्माणमा ढिलाई हुनका साथै करिव तीन बर्षको अवधिमा करिव २२ जनाले ज्यान गुमाउनु परेको भन्दै कांग्रेसले लापरवार्ही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो । साथै सयौंले कष्टपुणर् यातायात व्यहोरीरहेको अवस्थामा कामलाइ गतिशिल बनाउन पनि संबन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरेको हो ।
विकास निमाणर्मा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले ध्यानाकर्षण पत्र बुझाउने क्रममा बताएका छन् । उनले सडक निर्माणको जिम्मा पाएको भारतको मुम्वईस्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालि आफै काममा नआएर पेटी ठेकेदारलाई खटाउँदा काममा खटिएका पेटी ठेकेदारबाट काममा कुनै पनि गम्भीरता नदेखिएको भन्दै काममा सम्वन्धीत निर्माण व्यवसायीलाई झिकाउन समेत आग्रह गरे ।
उनले सन २०१९ जनवरीमा सम्झौता भएर दुई पटक म्यादथप गर्दा २०२२ मे महिनामा सकिनुपर्ने काम हालसम्म ६/७ प्रतिशत मात्र हुनु दुर्भाग्यपुणर् भएको भन्दै निर्माणको कार्यलाई अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पहल गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेका छन् । जिल्लाको मुख्य सडकखण्ड निमाणर्को नाममा लामो समयसम्म अस्तव्यस्त भएका कारण यात्रुहरुले जोखीमपूणर् यात्रा गर्न बाध्य भएका छन् भने यसले दुर्घट्नाको जोखिम बढाएको छ ।
त्यसैगरी आर्थिक लेनदेनको मुद्धामा सडक निर्माण कम्पनीका प्रतिनीधी पक्राउ परिसकेकाले यो अवस्थामा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ । साथै सडक निर्माणका विषयमा गम्भीर बन्न र छिटो भन्दा छिटो सडक विस्तारको काम पूणर् गर्न सम्बन्धीत सबैमा अनुरोध गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि अनुप पाण्डेले बैंक कसुर एवं अन्य मज्जुरलाई भुक्तानी नदिएका उजुरी परीरहेको सन्दर्भमा पछिल्लो समयमा निर्माण कम्पनीका प्रतिनिधिले सोनापुर सिमेन्ट उत्तरतर्फ राखिएका नदिजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगा, क्रसिङ मेसीन लगायतका सामाग्री सोनापुरलाई हस्तान्तरण गर्ने सहमती बुझिएको त्यसतर्फ गम्भीर बन्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।
चारलेन सडकका नाममा स्थानिय पालिकाले कर नलिएरै नदिजन्य पदार्थ उपलव्ध गराएकोमा ती कच्चा पदार्थ व्यापारीक लेनदेनको हिसाव मिलाउन अर्कै निजी कम्पनीलाइ दिने सहमतीप्रति पनि हाम्रो घोर आपत्ति छ । यस्तो कार्यलाई तत्काल रोक्न नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय, चारलेन सडक स्तरोन्नती परियोजना लमही कार्यालयलगायतलाई आग्रह समेत गरेको छ । चारलेनका नाममा लिएका नदिजन्य पदार्थलाई अन्य प्रयोजनमा बेचविखन भए त्यसका विरुद्ध कडा आन्दोलन गर्ने कांग्रेस दाङले चेतावनी दिएको छ ।
समयमै निमाणर्कार्य सम्पन्न नभएमा थप सघर्षका कार्यक्रम घोषणा गरिने नेपाली काग्रेस दाङका सचिव अजूर्न कुमार योगीले जानकारी दिएका छन् । उनले कांग्रेसले उठाएको विषयप्रति गम्भीर बन्न समेत आग्रह गरेका छन् ।
स्वर्गिय शुशिल कोइराला प्रधानमन्त्री भएको समयमा नेपाल भ्रमणमा आएका भारतीय समकक्षि प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालका साविकका पांचै विकाश क्षेत्रमा एक एक वटा गौरवका योजना सन्चालन गर्न भन्दै अनुदान घोषणा गरेका थिए । सोहि कार्यक्रम अनुरुप भारतको एक्जिम बैंकको लगानीमा साविकको मध्यपश्चिम क्षेत्रमा कपिलबस्तुको चन्द्रौटादेखि कृष्णनगर सम्म, भालुवाङदेखि वाग्दुला भिमगेठि सम्म र लमही—घोराही—तुलसीपुर सडक खण्डलाइ स्तरोन्नती गरी चारलेन बनाउने काम सुरु भएको छ । सडक विभाग माताहतको यो परीयोजनाको कार्यालय लमहीमा रहेको छ । तीन क्षेत्र मध्ये भालुवा—वाग्दुला सडक स्तरोन्नतीको काम पनि निर्माण कम्पनीले समयमा काम नगरेका कारण ठेक्का खारेज भएको छ । चन्द्रौटा—कृष्णनगरको सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ भने दाङमा कामको भौतिक प्रगति ७ प्रतिसत मात्रै रहेको परीयोजना कार्यालयको मुल्यांकनमा उल्लेख गरिएको छ ।
निर्माण कम्पनीको कार्यशैलिप्रति तिब्र आलोचना हुंदै गर्दा भारतको आधिकारीक निर्माण कम्पनी तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्टले एक पछि अर्को पेटि ठेकेदार प्रस्तुत गर्दै समय गुजार्दै आएको छ । पछिल्लो समयमा यसै सातादेखि १३ महिनामा काम सक्ने योजना सहित श्रेष्ठ कन्स्ट्रक्शनले फेरी सडकका खाडल कोतर्न सुरु गरेको छ । एक महिनामै कम्तिमा ६ करोडको काम गर्ने दावी गरेपनि सडकमा श्रोतसाधन र मज्दुर परीचालन भने निकै नगन्य रहेको स्थानियबासीले बताएका छन् ।