२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरका ऋषि परियार मेची–महाकाली उल्टो यात्रा सुरु गर्न झापामा

तुलसीपुर, माघ १४ । दाङका एक युवाले शनिकारदेखि मेची–महाकाली उल्टो यात्रा सुरु गर्दै छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राना गाउँका ३१ बर्षीय परियारले झापाको मेची पुलदेखि उल्टो पैदल हिडेर यात्रा सुरु गर्न आफु बिहीबार नै झापा पुगि सकेको जानकारी दिए ।

सन २०२० मा ‘मोष्ट जम्पिङ ज्याक्स इन वान मिनेट’मा विश्व कीर्तिमान कायम गरेका ऋषिले आफ्नो उल्टो यात्रा बारे अघिल्लो महिना नै जानकारी गराएका थिए ।

‘स्वाश्थ्यको लागि खेलकुद’ भन्ने मान्नेतालाई समाजमा स्थापित गर्न मद्दत पुगोस भनेर आफुले मेची–महाकाली उल्टो यात्रा गर्न थालेको ऋषिले बताए । उनले शनिबार बिहान १० बजेदेखि उल्टो यात्रा सुरु हुने र महेन्द्रनगरको महाकाली पुग्दासम्म करिब दुई महिना समय लाग्न सक्ने आँकलन गरे ।

यात्राका क्रममा जहाँ पुग्यो त्यँही आश्रय माग्छु भन्ने सोच रहेको ऋषिले बताए । नेपाल जेसिज संग खाना तथा बासको ब्यबस्थापनका लागिसामान्ने कुरा चलेपनि टुँगो लागि नसकेको ऋषिले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *