
तुलसीपुर, पुस ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत खस आर्य तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ ।
बुधबार बेलुकी ८ बजेसम्म २८५० मत गणना गरि सकिएको छ ।
अहिलेसम्मको स्थितिमा पूर्व सांसद तथा नेपाली काँग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरी ७औं नम्बरमा रहेका छन् । २८५० मत गणना गर्दा नेता गिरीले १००१ मत प्राप्त गरेको मतदानस्थलबाट घनश्याम भण्डारीले जानकारी दिए । खस आर्य तर्फ सात जना निर्वाचित हुने काँग्रेसको बिधानमा ब्यबस्था छ ।
२८५० मत गणना गर्दा कस्को कति ?
१– केशव बुढाथोकी – १२४१
२– गोविन्द शाह – १२१४
३) भिम पराजुली – ११६२
४) श्याम घिमिरे – १०७६
५ – मधु आचार्य – ११५९
६ – नारायण कार्की – १०६७
७ – गेहेन्द्र गिरी – १००१
८– बिष्णु कार्की – ९८१
९ – हरिबोल भण्डारी – ९३८
यो परिनाम सार्वजनिक भए संगै बुधबारका लागि मतगणना स्थगित गरिएको छ । बिहीबार बिहान फेरि दश बजेपछि मतगणना सुरु गरिने भएको छ ।
