काठमाडौं, मंसिर २५ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङका ६ जनाले शनिबार केन्द्रीय सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले डा. शेखर कोईरालाको प्यानलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य तथा स्वर्गिय खुमबहादुर खड्काकी श्रीमति शिला खड्काले भूगोलबाट केन्द्रीय सदस्य, केन्द्रीय सदस्यहरु योगेन्द्र चौधरी र पार्वती डिसी चौधरीले थारु कोटाबाट केन्द्रीय उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै दाङ देउखुरी निवासी बिद्यार्थी नेता प्रदिप राज शर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र भनिएपनि शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएको स्रोतले जानकारी दिएको छ ।
काठमाडौंको भृकुटी मण्डपमा जारी महाधिबशेन अन्तरगत सोमबार काँग्रेसमा नयाँ नेतृत्व चुन्न मतदान हुँदै छ ।
