२०८३ साउन २१ गते बिहिवार

गढवामा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरु


गढवा, मंसिर १५ । दाङको गढवा गाउँपालिका वडा नं ४ रामनगरमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । माछापुच्छ्रे बैंकको १७९औं शाखारहित सेवाका रुपमा ग्राहक सेवा केन्द्र अन्तर्गत गढवामा बुधबार शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो ।

कृषि बिकाश बैंकका रिटायर्ड प्रबन्धक दयाराम यादवको अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरको प्रमुख आथित्यमा सेवा सुरु भएको हो ।

कार्यक्रममा माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेशका प्रमुख हरिलाल ऐर बिशिष्ट आथिति थिए । कार्यक्रमका बक्ताहरुले गढवा बजार भन्दा टाढा ग्रामिण क्षेत्रमा शाखा रहित सेवा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै छिटो सेवा बिस्तार गर्ने अनुरोध गरेका थिए ।

लमही माछापुछ्रे बैंकका प्रबन्धक मधुसुदन श्रेष्ठले कार्यालय बाट अहिले निशुल्क खाता खोल्ने, आकर्षक ब्याजदरमा दैनिकी बचत,मुद्दती खातामा डिपोजिट लगायत कार्य गर्ने जानकारी दिए ।

देशभर १८२ वटा शाखा रहेको यस बैंकले गढवाको रामनगरमा १७९औं सेवा रहित बैंकिङ सेवाको सुरुवात गरेपछि अब नजिकमै स्थानीयले बैंकिङ सेवा पाउने भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *