
राजेश खत्री,
दाङ, भदौ ६। भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजकै मध्यरातमा भएकाले श्री कृष्ण जन्माष्टमी भनिन्छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।
कृष्ण जन्माष्टमीको अवसरमा आज तुलसीपुरको दुधेना कृष्ण मन्दिरमा बिहानै देखि भक्तजनको ठुलो घुइचो लागेको छ । आजको दिनमा ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा गर्ने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् ।





प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
