२०८३ साउन १२ गते मङ्गलवार

तुलसीपुरमा यसरी मनाइयो जनै पूर्णिमा (फोटो फिचर)


राजेश खत्री,
दाङ, साउन ३० । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान (ऋषि तर्पण) गरि हातमा रक्षासूत्र (डोरो) बाधेर मनाइँदैछ ।

बिहानै देखि हिन्दु धर्मावलम्बीले नदी, ताल, पोखरीमा स्नान गरेर पुरोहितबाट हातमा रक्षासूत्र (डोरो) बाधिन्छ । दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बांधिए, त्यसैले म तिमीलाई बांध्छु, यसले तिमी पनि सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बांधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ ।

जीवन जगतमा नारी शक्तिको महत्व र स्थान सर्वोच्च छ भन्ने संस्मरण पनि आजको दिन (गायत्रीजप दिदीबहिनीको हातबाट रक्षासूत्र) ले गराउंदछ ।

ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

आज तुलसीपुरको त्रिसिद्देस्वरी मन्दिरमा पनि बिहानै देखि जनै फेर्ने र हातमा रक्षा बन्धन बाध्नको लागि भक्तजनको भिडभाड लागेको छ ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *