२०८३ भाद्र १७ गते बुधवार

भोटेकोशी बाढी – दाङका ४७ जना अझैं फेला परेनन्


दाङ, भदौ १५ ।
भदौ १० गते बिहन भोटोकोशी र त्रिशुली नदीमा आएको पर्लयकारी बाढीमा परि दाङका ४७ जना अझंै फेला परेका छैनन् ।
जिल्लाका ४० पुरुष र ७ महिला गरि ४७ जना अझैंसम्मपनि फेला पर्न सकेका छैनन् । यो बीचमा ५ जना पुरुष भने परिवारको सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए ।

सोमबार दिउँसो साढे २ बजेसम्मको तथ्याङक अनुसार जिल्लाका ४७ जना अझैं फेला पर्न नसकेको हुन ।
स्थानीय प्रशासनका अनुसार पछिल्लो समय राजपुर गाउँपालिका – ७ ऐराना घर भइ रसुवागढीमा काम गर्ने वर्ष ४० दिपेन्द्र बुढा मगर र उनकी श्रीमति वर्ष ३७ की विमती खत्री , तुलसीपुर– १९ का २९ बर्षीय दिलबहादुर पुन, लमही नगरपालिका –४ घर भइ रसुवास्थित त्रिशुली हाइड्रोपावरमा इलेक्टिक काम गर्ने वर्ष ३२ का सुकदेव चौधरी र तुलसीपुर– ११ नवलपुर घर भइ रसुवा र चिनको सिमानामा जेसिबी चलाउने अप्रेटर ३३ बर्षीय जनक शाह ठकुरीपनि हालसम्म पेला पर्न सकेका छैनन् ।
स्थानीय प्रशासनले त्यसअघि आइतबार बबई गाउँपालिका – ७ चरकमटिया घर भइ रसुवास्थित घट्टेखोलामा जेसिबी चलाउने अप्रेटर बर्ष २६ का निरज भनिने डिल्ली सार्कीपनि फेला नपरेको बिवरण सार्वजनिक गरेको थियो ।
त्यस्तै तुलसीपुर – १४ ग्वारखोला घर भइ रसुवामा श्रमिक काम गर्ने २५ की सिर्जना थापा, राप्ती गाउँपालिका –४ मौरीघाट घर भइ रसुवामा रोडमा मिस्त्री काम गर्ने वर्ष ४५ को रामबहादुर चौधरी , राप्ती – ६ बगरापुर घर भइ रसुवा घरको मिस्त्री काम गर्ने २२ का अनिल चौधरी, गढवा गाउँपालिका – ६ खबरी घर भइ रसुवा– डिब्बा गाडी चालक वर्ष ३१ का ज्ञानु पुन सम्पर्क बिहिन रहेको बिवरण सार्वजनिक गरेको थियो ।
त्यसभन्दा पहिले भदौ १३ गते बेलुका स्थानीय प्रशासनले गढवा – ३ रतनपुर घर भइ रसुवाको टिमुरेमा नेपाली सेनामा कार्यरत बर्ष ३१ का दिपप्रकाश चौधरी, गढवा – ४ पर्सा घर भइ रसुवास्थित त्रिशुली हाइड्रोपावरमा कार्यरत बर्ष ४१ का भगवानदिन चौधरीपनि सम्पर्क बिहिन रहेको विबरण सार्वजनिक गरेको थियो ।
त्यसअघि लमही – ३ बनगाउँ घर भइ रसुवास्थित मैलुङ हाइड्रोपावरमा काम गर्ने शम्भुजित चौधरी, घोराही उपमहानगरपालिका – १२ घर भइ रसुवामा जेसिबी चालकको काम गर्ने अप्रेटर प्रकाश बिक,
राप्ती गाउँपालिका – ३ बसन्तपुर घर भइ रसुवामा काम गर्ने बर्ष २६ का सर्वेस चौधरी, लमही– ६ खैरी घर घइ रसुवामा ज्याला मजदुरीको काम गर्ने र्ष २६ की सिवानी चौधरी र राजपुर गाउँपालिका – ४ सिमलखुट्टी घर भइ रसुवामा काम गर्दै आएका वर्ष ४० का अर्जुन घर्ती सम्पर्क बिहिन रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
त्यस्तै लमही– ४ घर भइ रसुवास्थित त्रिशुली हाइड्रोपावरमा काम गर्ने वर्ष २८ का सरदकुमार चौधरी, तुलसीपुर – १५ घर भइ लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत सब–इन्जिनियर अरुण चौधरी, तुलसीपुर –६ घर भइ रसुवास्थित त्रिशुली हाइड्रोपावरमा काम गर्ने रन्जित वली, तुलसीपुर –२ का देवबहादुर गाहा मगर, तुलसीपुर – १९ का जयमान विश्वकर्मा , तुलसीपुर – १९ का सुरेश चौधरी, सोही वडाका लालबहादुर सुनार, गोपाल पुन मगर , रुकुम पूर्व घर भइ हाल घोराही – १२ बस्ने मिलन श्रेष्ठ, तुलसीपुर – १३ हात्तीखौवा (प्रशासनका अनुसार, तर हात्तीखौवा वडा नं. ६ मा पर्छ) घर भइ वर्ष ३० की रसुवामा टुरिष्ट गाएड काम गर्ने नारायणी पराजुली, तुलसीपुर –६ घर भइ रसुवा धुन्जे ब्यारेकमा कार्यरत नेपाली सेना बर्ष ४२ का टेकबहादुर राना , सल्यान त्रिबेणी गाउँपालिका –५ घर भइ हाल दाङ तुलसीपुरमा बसोबास गर्दै आएर नुवाकोट हाईड्रोपावरमा कार्यरत प्रेम महतरा , सल्यानको त्रिबेणी –५ घर भइ दाङ तुलसीपुर बस्ने बर्ष २७ का बादल महतरापनि सम्पर्क बिहिन छन् । बादल नुवाकोट हाइड्रोपावरमा कार्यरत थिए ।
तुलसीपुर – १५ मलवारका बजारु चौधरी र उनकी पत्नि हालसम्म सम्पर्कमा बिहिन छन् ।

स्थतानीय प्रशासनले त्यसभन्दा पहिले दाङका १७ ब्यक्तिहरु सम्पर्क बिहिन रहेको बिवरण सार्वजनिक गरेको थियो ।

१– कोपिला केसी (दाङ तुलसीपुर उपमहानगरपालिका – हाल स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा)
१ – सल्यान

२– खम्बु बोहोरा (दाङ तुलसीपुर–हाल – स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा )
३– शिव शंकर जोशी (दाङ तुलसीपुर – हाल– मैलुङ हाइड्रो पावर, रसुवा)
४– प्रमिला बुढाथोकी (सल्यान पुर्खेउली घर भइ हाल दाङ तुलसीपुर –९ बसोबास गर्ने र हाल– टिमुरे हाइड्रो पावर, रसुवा )
५– शोभाराम योगी (दाङ तुलसीपुर – हाल – फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
६– लालबहादुर रोका ( दाङ तुलसीपुर – १३, डाँडागाउँ / दमारगाउँ, हाल –फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट )
७– गोपीलाल रोका ( दाङ तुलसीपुर –१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
८– नारायण अधिकारी (दाङ तुलसीपुर–१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
९– पूर्णबहादुर बस्नेत –४६ बर्ष ( दाङ तुलसीपुर –९, दोघरे, हाल – रसुवा)
१० –सुर्यबहादुर केसी , हाल घोराही उपमहानगरपालिका – १५ ,भरतपुर , पुर्खेउली घर प्युठान ।
११ – गोपाल परियार, तुलसीपुर १८, दुधरास ।
१२ – विकास परियार, तुलसीपुर १८, दुधरास ।
१३ – सुदन गिरी, तुलसीपुर १८ ।
१४– सिमा चौधरी, तुलसीपुर ।
१५ – बजारु चौधरी, तुलसीपुर १२ ।
१६– प्रेम बिक, दंगीशरण गाउँपालिका –६, (फेवा हाइड्रो, रसुवा)
१७– राजेन्द्र महत, पुर्खेउली घर रोल्पा हाल दाङ बस्ने, त्रिशूली हाइड्रोपावर रसुवा ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *