वैशाख १७ । कोरोना भाइरसको नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको हुँदा त्यसबाट जोगिन दाङमा लकडाउन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललको अध्यक्षतामा घोराहीमा गत मंगलबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १७ गते बिहान ६ बजे देखि २५ गते बेलुका ६ बजेसम्म जिल्ला भर पूर्ण रुपमा लकडाउनको घोषणा गरिएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा बढ्दै गएपछि त्यो नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन लकडाउन घोषणा गरेको हो । यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाइने भएको छ । तुलसीपुरमा पनि कडा लकडाउन गरिएको छ ।
सबै तस्विर राजेश खत्री ।