२०८२ चैत्र २६ गते बिहिवार

आज कहाँ – कहाँ छ , बर्षा र हिमपातको संभावना

दाङ, चैत २६ ।

बिहीबार पनि मुलुकका बिभिन्न स्थानमा बर्षा र हिमपातको संभावना औंल्याइएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशभरको मौसममा  बदली भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको हुने छ । केही स्थानमा बर्षा भइ रहेको पनि जनाइएको छ ।

त्यस्तै अवस्था बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भागहरुको पनि छ ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

 रातिमा कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने आँकलन गरिएको छ ।

त्यस्तै कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना औंल्याइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *