दाङ, १७ चैत ।
घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अतिक्रमण हटाउन गर्न स्थानीय प्रशासनले पत्राचारसहित निर्देशन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका बिजय गौतमले मंगलबार पत्राचार गर्दै प्रतिष्ठानको जग्गा माथिको अतिक्रमण हटाउन घोराही उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रहरी कार्यालय घोराही दाङलाई निर्देशन दिएका छन् ।
अतिक्रमण हटाउन मागसहित प्रतिष्ठानले चैत १६ गते चलानी नम्बर १९५५सहित पत्राचार गरेको थियो ।
त्यो पत्रका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले च.नं.डिआइभी २–११११३ सहित मंगलबार पत्राचार गरेको स्थानीय प्रशासनले उल्लेख गरेको छ । सोही आधारमा स्थानीय प्रशासनले सरकारी/ सार्वजनिक जग्गाको अतिक्रमण हटाइ सरकारी जग्गाको संरक्षण गर्न आवश्यक सहजीकरणको लागि निर्देशन जारी गरेको छ ।
यो संगै प्रतिष्ठानका साथै घोराही क्षेत्रको अन्य सरकारी जग्गाको अतिक्रमण अब हट्ने आशा पलाएको छ ।
