२०८२ चैत्र २६ गते बिहिवार

करोड बढी ठगी आरोपमा युवक पक्राउ


दाङ, चैत २४ ।
एक करोड बढी ठगी गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका – ७ का २२ बर्षीय पवन विक मंगलबार दिउँसो सुर्खेतमा पक्राउ परेका हुन ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेर उनलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनी पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ मा बस्दै आएका थिए ।

बिक बिरुद्ध जैसरा थापाले ठगी मुद्दामा किटानजी जाहेरी दिएकी थिइन ।
विकले प्रहरी जवानको अन्तवार्ता तथा लिखित परीक्षामा उत्तिर्ण बनाइ दिने भन्दै ठगी गरेको डिएसपी बुढथापाले बताए ।
साथै उनले थप अन्य बिभिन्न ब्यक्तिलाई समेत ठगी गरेको डिएसपी बुढथापाले बताए ।


पेशा ब्यबसाय केही नगर्ने र समान्ने परिवारका बिकको खातामा करोड बढी रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जसबाट बिकले बिभिन्न ब्यक्तिबाट करोडौं ठगी गरेको तथ्य खुल्न आएको बुढथापाले जानकारी दिए । बिक उपर ठगी मुद्दा चलाउने गरि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *